शारजाहमा 'इलेक्ट्रिक स्काई पोड'को परिक्षण, एक मिनेटमा चार सय मिटर यात्रा गर्न सकिने

Photo :  Ahmed Ramzan/Gulf News
Photo : Ahmed Ramzan/Gulf News

यूएईको शारजाहमा पहिलो पटक द्रुत गतिमा चल्ने  'इलेकिट्रक स्काइ पोड' (यूएसकी) को परिक्षण गरिएको छ।

शारजाह रिसर्च टेक्नोलोजीले 'इलेकिट्रक स्काइ पोड'को परिक्षण गरेको हो। यो स्काइ पोड हेर्दा केवलकारजस्तो देखिए पनि केवलकारभन्दा फरक छ।

यसकाे एक डिब्बामा ४ जना बस्न सक्ने छन्। यसले १ मिनेटमा ४ सय मिटर दुरी पार गर्नेछ। शारजाहले यो सेवा अक्टोबरदेखि नोभेम्बरको बिचमा सुचारु गर्ने बताइएको छ।

चालकरहित यो स्काइ पोड प्रतिघण्टा एक सय ५० किलो मिटर चल्ने एसआरटीआइ पार्कका कार्यकारी प्रमुख अल महमूदीले बताएका छन्।

‘यूएसकी’ इलेकिट्रक स्काइ पोड शारजाह सरकारको एक ठूलो योजना हो। यसलाई शारजाह राज्यले विशेष प्राथमिकताका साथ हेरेको छ।

प्रकाशित मिति: : 2021-06-09 12:01:00

प्रतिकृया दिनुहोस्