व्यावसायिक स्याउ खेती शुरु

File photo
File photo

जिल्लाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ।

कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती शुरु गरेको थियो। स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए। पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका रुपमा लगाइएको हो। 

कृषि ज्ञान केन्द्र दार्चुलामार्फत २१ लख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष १ हजार ७ सय बोट स्याउँ अनुदान बाहेक सरकारी लगानी पाइएको छैन।

दार्चुला तिंकर सडक निर्माण सयमै हुन सकेमा बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरी पुर्याउन सहज हुनेछ। व्यास गाउँपालिका १ छांगरुमा पनि हजारौं बोट स्याउ लगाइएको छ।

यहाँ उत्पादन हुने स्याउँ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई बिक्री हुँदै आएको छांगरुका स्याउँ उत्पादक जीतसिह बोहराले बताए।  नेपालतिर बजार पुर्याउन बाटो घाटो छैन। रासस 

प्रकाशित मिति: : 2021-06-06 21:07:00

प्रतिकृया दिनुहोस्