टोकियो ओलम्पिक हुन अब ४९ दिन बाँकी, जापानमा खेल प्रेमीहरूको चहलपहल सुरु

टोकियो ओलम्पिक खेलको उद्घाटनको ४९ दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ।

आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भने, “कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन्।”

“मलाई विश्वास छ (समारोह) ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,” हाशिमोतोले भने। “हामीसँग अब ५० दिन मात्र बाँकी छ,” उनले भने, “यदि विश्वका विभिन्न देशहरूले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरै जसो देशहरूबाट खेलका लागि प्रतिनिधिमण्डलहरू आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियो।

अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुने उनले बताए।

प्रकाशित मिति: : 2021-06-04 06:34:00

प्रतिकृया दिनुहोस्