चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

बिएल संवाददाता

इस्लामावाद
Business Standard
Business Standard

चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ।

चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पुर्याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ। 

मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन्।

चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताएका छन्।

कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उनी बताउछन्। हाल जारी महामारी  नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिएका छन्। 

 यस वर्षको शुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु¥याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो। 

चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेबे्रअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थिय। रासस 

प्रकाशित मिति: : 2021-06-02 21:31:00

प्रतिकृया दिनुहोस्