अष्ट्रेलियाका पूर्व कप्तान मार्क मिलिगनले फुटबलबाट लिए सन्यास

Photo : Getty image
Photo : Getty image

अष्ट्रेलियाका पूर्व कप्तान मार्क मिलिगनले फुटबलबाट सन्यास लिने भएका छन्।

३५ वर्षीय  मार्कले अष्ट्रेलियन लिगको यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

उनले अष्ट्रेलियाका लागि ८० भन्दा बढी खेल खेलिसकेका छन्। उनले फुटबलबाट सन्यास लिए पनि प्रशिक्षक जीवनबाट टाढा नरहने बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-02 13:24:00

प्रतिकृया दिनुहोस्