म्यान्मारमा शरणार्थीकाे अवस्था नाजुक, औषधि अभावले बाँच्नै मुस्किल

सुधा अत्रि

म्यान्मार

म्यान्मारमा सैन्य 'कू'पछि जातीय समूह सक्रिय रहेकाे क्षेत्रका नागरिकहरू गाउँ छाडेर भाग्न बाध्य भएका छन्। उनीहरू सरकारी सैनिककाे हवाई आक्रमणकाे चपेटामा परिरहेका छन्।

जातीय समूह र सरकारी सुरक्षाकर्मीकाे मुठभेडले गाउँ–गाउँमा थ्रुपै बालबालिका तथा जेष्ठ नागरिकले ज्यान गुमाइरहेका छन्। स्थानीयहरू ज्यान जाेगाउन जंगलछेउ तथा थाइल्याण्ड, भारत सीमा क्षेत्रमा शरणार्थी बन्न पुगेका छन्।

कहया प्रान्तस्थित ढिमसाे जंगलछेउकाे एक शिविरमा एक हजार बढी शरणार्थीहरू बस्दै आएका छन्। उनीहरूलाई पछिल्लाे समय दिनहुँ समस्या हुँदा सहयाेगकाे खाँचाे देखिएकाे मानवअधिकारवादी संस्थाहरूले जनाएका छन्।

असुरक्षित रूपमा शरणार्थी शिविरमा बसिरहेका गर्भवती महिला, बालबालिका, अशंक्त र जेष्ठ नागरिकहरूका निम्ति औषधिकाे अभाव भएकाे छ।

शिविरमा शरणार्थीहरूकाे बाक्लाे सङ्ख्या हुँदा रासन–पानी, औषधि र बस्नका लागि पालकाे नभएकाे शिविरका कार्यवाहक प्रमुखले खित्ति समाचार केन्द्रलाई जनाएका छन्।

अहिलेकाे अवस्थामा शरणार्थीहरू लगातार बढ्ने क्रम जारी रहेकाे खित्तिले बताएकाे छ। प्रायः शरणार्थीहरूलाई घर–घरमा राख्ने व्यवस्था थालिएकाे शिविरका कार्यवाहक प्रमुखकाे भनाइ छ।

शरणार्थीका लागि ढिमसाे पुगेकाहरूकाे अवस्था नाजुक बन्दै गइरहेकाे छ। 

शरणार्थी शिविरमा अहिले सबैभन्दा बढी औषधिकाे अभाव देखिएकाे छ। प्रायः गाउँबाट लुकीछिपी आउनेहरूमा गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिकहरू र जेष्ठ नागरिकहरू रहेका छन्।

अव्यवस्थित बसाँइ र खानपानकाे व्यवस्था राम्राे नहुँदा उनीहरू विभिन्न राेगकाे चपेटामा परेका छन्। औषधि अभावले उनीहरूलाई बचाउनै मुस्किल परेकाे छ।

शरणार्थीहरकाे संख्या धेरै हुँदा औषधिसँगै रासन–पानीकाे समस्या समेत देखा पर्न थालेकाे छ।

सरकारी सैनिककाे ज्यादतीले गाउँ–गाउँबाट भागेर आउने कतिपयहरूले पैसा ल्याएपनि सर–सामानकाे भाउ आकाशियकाे छ। ढिमसाे क्षेत्रमा किनेरै पाइने सामानकाे समेत चरम अभाव छ।

मानिस ह्वात्तै थपिएपछि औषधि पाउँनै छाडेकाे शिविर आसपासमा शरणार्थीहरूकाे स्वास्थ्य रेखदेख गर्ने स्वायमसेवकहरूले बताएका छन्। उनीहरूले औषधि वितरण गर्ने व्यक्ति वा संस्था खाेजेपनि नभेटिएकाे दुःखेसाे गरे।

प्रकाशित मिति: : 2022-07-02 07:12:00

प्रतिकृया दिनुहोस्