अबुदाबीले पर्यटक भित्र्याउन कोरोनाको ‘प्रोटोकल’ लचिलो बनाउँदै

तस्बिर: रोयटर्स
तस्बिर: रोयटर्स

अबुदाबीले पर्यटन गतिविधि नियमित गर्न आउँदो जुलाई १ देखि अन्तर्राष्ट्रिय पर्यटकका लागि ढोका खुला गर्ने अभियान सुरु गर्ने भएको छ।

युनाइटेड अरब इमिरेट्स (युएई) ले विदेशी पर्यटकलाई सहज होस् भनेर क्वारेन्टाइनको बाध्यात्मक व्यवस्था पनि हटाउने तयारी गरिरहेको छ।

अरबिक दैनिक ‘इमारात अल योउम’ ले जनाएअनुसार ‘हरियो’ सूचीमा रहेका पर्यटकलाई यो सुविधा दिन लागिएको हो। युएईले ‘भ्याक्सिन टुरिजम’ लाई प्रभावकारी बनाउन पनि यस्तो रणनीति तयार पार्न लागेको हो।

खोप लगाइसकेका पर्यटक, जो ‘हरियो’ सूचीमा परेका छन्, उनीहरूले पीसीआरको रिपोर्ट अनिवार्य बोक्नु पर्नेछ।

‘हरियो’ सूचीभन्दा बाहिर रहेका पर्यटकले पीसीआर रिपोर्ट अनिवार्य ल्याए पनि पाँच दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ, दोस्रो पीसीआर टेस्ट चौथो दिन पुरा नहुँदासम्म।

युएईले हालै ‘हरियो’ सूचीमा राखेको देशमा अस्ट्रेलिया, भुटान, ब्रुनई, चीन, क्युबा, ग्रीनल्याण्ड, हङकङ, आइसल्याण्ड, इजरायल, जापान, मोरिसस, मोरक्को, न्युजिल्याण्ड, पोर्चुगल, रुस, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, ताइवान, ताजकिस्तान र बेलायत रहेका छन्।

प्रकाशित मिति: : 2021-05-16 19:00:00

प्रतिकृया दिनुहोस्