मङ्गलग्रहमा अवतरण गर्‍याे चीनको पहिलो यान 'तियानवेन-१'

Photo : theprint.in
Photo : theprint.in

चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ।

मङ्गलग्रहमा यसअघि अमेरिकाले एउटा यान यसैवर्ष अवतरण गराएको थियो। विश्वमै चीन मङ्गलग्रहमा यान पठाउने दोस्रो देश भएको छ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन्।

चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको हाे।

सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मङ्गल खोज अभियान पूर्ण सफल भएको घोषणा गरे। उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोशेढुङ्गा रहेको बताएका छन्।

तियानवेन–१ नामको यान मार्फत पठाइएको झुरोङ मङ्गलग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो। मङ्गलग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो।

पृथ्वीबाट मङ्गलग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ। 

प्रकाशित मिति: : 2021-05-16 06:43:00

प्रतिकृया दिनुहोस्