नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो। इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ (२९ मे ) मा हुने बताइएको छ।
पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो।