कर्णालीका तीन मन्त्रीले लिए पुनः शपथग्रहण

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण लिएका छन्। तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले  शपथ गराएका हुन्।

यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो।

सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए। 

प्रकाशित मिति: : 2021-04-28 15:17:00

प्रतिकृया दिनुहोस्