नयाँ घोषणा भएको युरोपियन सुपर लिगबाट ६ क्लबले लिए नाम फिर्ता

नयाँ घोषणा भएको युरोपियन सुपर लिग (ईएसएल) बाट इंग्ल्यान्डका ६ क्लबले नाम फिर्ता लिएका छन्। 

प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका हुन्। युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए।

फिफा र यूईएफएले उक्त प्रतियोगिता खेल्ने खेलाडीलाई विश्वकप र युरोकपमा प्रतिबन्ध लगाउने जनाएका छन्।

अब संस्थापक क्लबमा बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलान रहेका छन्।


युरोपका १२ क्लब मिलेर घोषणा गरे नयाँ फुटबल प्रतियोगिता

प्रकाशित मिति: : 2021-04-21 07:04:00

प्रतिकृया दिनुहोस्