तीन देशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा मंगलबार अर्थात आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
खेल त्रिवि क्रीकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपाल नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ।
नेपाल आफ्ना दुई खेलमा अपराजित रहदै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ।
नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ।