जापानमा पहिलो पल्ट कोराना संक्रमित महिलामा फोक्सोको ‘टिस्यु ट्रान्सप्लान्ट’

CBS46
CBS46

जापानका चिकित्सकले पहिलो पल्ट कोरोनाका गम्भीर संक्रमितलाई जीवनदान दिन फोक्सोको ‘टिस्यु ट्रान्सप्लान्ट’ गरेका छन्। क्योटो विश्वविधालय अस्पतालमा ११ घण्टा भएको अपरेशन सफल रहेको चिकित्सकले बताएका छन्। 

सल्यक्रियाको अगुवाई गरिरहेका डा. हिरोशी डेटका अनुसार एक महिलामा कोरोनाको गम्भीर समस्या देखिएको थियो। उनलाई श्रीमान र छोरालाई पोक्सोको केही भाग सल्यक्रियाका लागि उपलब्ध गराएका थिए। 

डा. हिरोशी केही महिनाभित्रै स्वस्थ्य हुने बताउँछन्। उनी भन्छन्, ‘जिवित डोनर्सबाट ट्रान्सप्लान्ट गर्नु नयाँ विकल्प हो। कोरोनाका कारण बिग्रिएको फोक्सो संक्रमितका लागि ठूलो बरदान हुनसक्छ।’

सल्यक्रियापछि बिरामी तथा फोक्सोको ‘टिस्यु’ दान गर्ने तीन जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बताएको छ। श्रीमानले बायाँ तथा छोराले दायाँ फोक्सको केही भाग दान गरेका थिए। सल्यक्रियामा ३० जनाको टिम संलग्न थियो। 

दुई महिनापछि महिला घर जानसक्ने बताइएको छ। निकै दुर्लभ मानिएको यो सल्यक्रियाको अगुवाई गरिरहेका डा. हिरोशी भन्छन्, ‘सल्यक्रिया गर्दा बिरामीको उमेर ६५ वर्षभन्दा तल हुनु जरुरी छ। होनरको उमेर पनि २०–६० वर्षको बीचमा हुनुपर्छ। डोनरले १३ वटा नियम पुरा गर्नुपर्ने हुन्छ।’

फोक्सो ट्रान्सप्लान्ट गर्दा दिने र लिने मान्छेको ‘अर्गन’ को साइज म्याच हुन जरुरी छ। यसैले बालबालिकालाई वयस्कको ‘अर्गन’ काम लाग्दैन।

प्रकाशित मिति: : 2021-04-12 20:18:00

प्रतिकृया दिनुहोस्