कोरोना संक्रमणको घटना विश्वभरि पुनः फैलिन थालेपछि चिन्ता बढ्न थालेको छ।
ब्राजिलमा मात्र एकै दिन ३६ सय मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्। २३ मार्च यता कोरोनाका कारण तीन हजारभन्दा बढी मानिस मरेको पहिलो घटना हो। शुक्रबार ब्राजिलमा कोरोनाको ८२ हजार ५ सय ५८ घटना सतहमा आएको थियो।
ब्राजिलमा कोरोना महामारी सुरु भएयता शुक्रबार एकैदिन सबैभन्दा बढीको ज्यान गएको हो। २३ मार्चमा ३१ सय ५८ जनाले एकैदिन ज्यान गुमाएका थिए।
ब्राजिलमा हालसम्म तीन लाख ७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
अमेरिकापछि ब्राजिल कोरोनाका कारण सबैभन्दा बढी मानिस मरेको देश हो।