स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई कोरोना नियन्त्रणबारे आठ बुँदे निर्णयसहितको सुझाव पत्र पठाएको छ।
दोस्रो चरणमा कोरोना संक्रमण बढ्न थालेपछि आउन सक्ने जोखिमलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सुझाव पत्र पठाएको हो।
सुझाव पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाह्य आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन सुझाव दिईएको छ। साथै पत्रमा जोखिमको लागि पूर्वतयारी योजना बनाउनपनि आग्रह गरिएको छ।
नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने जस्ता सुझावहरु पत्रमा उल्लेख छन्।