देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।
हिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन्।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ।