प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच मैत्रीपूर्ण फुटबल सम्पन्न

फाइल तस्वीर
फाइल तस्वीर

विश्व मिर्गौला दिवस अवसरमा मृर्गौला प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ।

स्वास्थ्य अभियान नेपालको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको मैदानमा ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ भएको प्रतियोगितामा प्रत्यारोपित टोलीले अङ्गदाता टोलीलाई ४–१ गोलले हरायो। 

मिर्गौला प्रत्यारोपित झमकबहादुर श्रेष्ठलाई ट्रफी तथा उत्कृष्ट फुटबलर घोषित र विशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरियो । मिर्गौला प्रत्यारोपित आचार्यले ह्याट्रिक गरेका थिए।

उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ वर्षअघि दोस्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने बलराम नागा, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने खेमराज निरौला र विष्णुबाबु श्रेष्ठ, अङ्गदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोविन्द तिमिल्सिना, उनीहरुका अङ्गदाता र परिवारलाई विशेष सम्मान गरिएको प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-03-11 19:39:00

प्रतिकृया दिनुहोस्