नेकपा भित्रको कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली : चित्रबहादुर केसी

नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा)को वैधानिकता समाप्त भएको विज्ञप्तीमा जनाइएको छ। 

‘प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो। त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो। त्यो सकारात्मक कुरा थियो’ अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन। त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ।’ 

संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार अध्यक्ष केसीले जनाएका छन्।

जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकाश दिनु पर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-03-08 11:00:00

प्रतिकृया दिनुहोस्