मौलापुरमा 'मधानी महायज्ञ' हुदै

रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ। 

आज ९शनिबार० मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजना हुने जानकारी गराईएको हो। महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बताईन्। 

महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञको मुल समारोहको उद्घाटन फागुन २७ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झासहित संघका विभिन्न मन्त्रीहरुको उपस्थिति रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।

सोही दिन उद्घाटन लगत्तै हुने सांस्कृतिक कार्यक्रममा भारतका भोजपुरी सिने जगतका सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ तथा चर्चित नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

फागुन २६ गते राति ८ बजे भारत वृन्दावनको रासलिला ९शिवलिला० एक हप्तासम्म, फागुन २७ गते दिउँसो १० बजे मधानी महायज्ञ विशेष समारोह–२०७७ उद्घाटन गर्ने तथा दिउँसो ११ बजे देखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-06 16:41:00

प्रतिकृया दिनुहोस्