भागरथी हत्याकाण्डमा पक्राउ परेका किशोर भन्छन् : उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए

नेपाल खबर

काठमाडाै‌ं

बैतडीकी भागरथी भट्टको बलात्कार/हत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन्।

प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १७ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन्।

भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले नेपालखबरलाई बताए। 

एक वर्षअघि त्याे घटना गाउँमै मिलाइएको दिनेशकाे दाबी छ। भागरथीका बुबाको भने मृत्यु भइसकेको छ।

प्रहरीले यस विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ। 

पक्राउ परेका किशोरलाई प्रहरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ल प्रहरी कार्यालयमा उनलाई सार्वजनिक गर्ने तयारी भइरहेकाे सूदुरपश्चिमका डीआईजी उत्तम सुवेदीले बताए।

प्रकाशित मिति: : 2021-02-17 11:19:00

प्रतिकृया दिनुहोस्