बार्सिलोनालाई तीन अंकले पछि पार्दै मड्रिड दोस्रो स्थानमा

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राती घरेलु मैदानमा भेलेन्सियाविरूद्ध भएको खेलमा मड्रिड २–० ले विजयी भयो। 

मड्रिडका लागि करिम बेन्जेमाले १२ मिनेटमा सुरुवाती गोल गरेका थिए। उनको यो सिजनको १७ औं गोल हो। टोनी क्रुसले ४२ मिनेटमा दोस्रो गोल गरे। 

मड्रिड २३ खेलमा ४९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोना २२ खेलमा ४६ अंकसहित तेस्रो स्थानमा झरेको छ। एट्लेटिको मड्रिड २१ खेलमा ५४ अंकका साथ शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-15 08:59:00

प्रतिकृया दिनुहोस्