स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

बिएल संवाददाता

काठमाडाै‌ं

बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ।

मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ। “बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसक्नुभएको र उहाँमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएकोसमेत दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-01 08:49:00

प्रतिकृया दिनुहोस्