काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङमा बर्ड फ्लु भेटिएको छ।
फुटुङ एक फर्ममा हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ।
फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको विभागले जनाएको छ।
बर्ड फ्लु पुष्टि हुनसाथ त्यस क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ।