नेटफ्लिक्सको ‘पेड सब्सक्राइबर’ २०० मिलियन पुग्यो

कोरोनाका कारण सन् २०२० मा फिल्म हलले ठूलो घाटा उठाउनु पर्‍यो। तर, अर्कोतर्फ ओटीटी प्लेटफर्मका लागि सुखद रह्यो। सिनेमा र मनोरञ्जन प्रेमीले लकडाउनको अवधिमा घर बसेर ओटीटी प्लेटफर्मको प्रयोग पर्याप्त गरे। 

यसमा सबैभन्दा बढी लाभ नटफ्लिक्सलाई भएको छ। उसले हालै २०० मिलियन ‘पेड सब्सक्राइबर’ बनाएको छ। 

विश्वको १ सय ९० देशमा आफ्नो सुविधा विस्तार गरेको ओटीटी प्लेटफर्म नेटफ्लिक्सले चौथो महिनाको रिपोर्ट हालै सार्वजनिक गरेको छ। यसमा पेड युजर्सको संख्या ८ दशमलव ५ मिलियन अर्थात ८५ लाख बढेको बताइएको छ।

सन् २०१८ मा नेटफ्लिक्ससँग १ सय ११ मिलियन पेड सब्सक्राइबर थिए। जसमा २३ प्रतिशत मात्र ग्रोथ देखिएको थियो। 

हालै जारी नेटफ्लिक्सको रिपोर्ट अनुसार नयाँ सब्सक्राइबरमा सबैभन्दा बढी युएस र क्यानडाभन्दा बाहिरका मानिस जोडिएका छन्। नयाँ सब्सक्राइबरमा युरोप, मध्यपूर्व र अफ्रिकाका छन्। 

भारतमा पनि कोरोनाका कारण नेटफ्लिक्सको युजर्स बढेको छ। २०२० मै लकडाउनका कारण नेटफ्लिक्सका १४ मिलियन नयाँ कस्टम्बर बनेका छन्। 

हाल भारतमा नेटफ्लिक्सको सब्सक्राइबरको संख्या २६ दशमलव ६ मिलियन पुगेको छ। २०२१ सम्म यो संख्या ३३ दशमलव ४ मिलियन पुगेर २०२३ सम्म ४२ दशमलव २ मिलियन पुग्ने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति: : 2021-01-24 16:25:00

प्रतिकृया दिनुहोस्