रिक्कीको पति अब ५ सय मिटर टाढै बस्नुपर्ने !

नायिका क्रिस्टिना रिक्कीलाई उनको पति जेम्स हीरडेगेनले कुटपिट गर्न नपाउने गरि सुरक्षा दिन क्यालिफोर्नियाको पारिवारिक अदालतले प्रहरीलाई निर्देशन दिएको छ।

डेली मेलका अनुसार नायिका रिक्कीले आफू र छोरी फ्रेडीको सुरक्षाको लागि अदालतमा उजुरी दिएकी थिइन्। 

उजुरीसँगै उनले आफूलाई लागेको घाउचोटको दाग पनि पेश गरेकी थिइन्। 

यसै अनुसार अदालतले उनको पति हीरडेगेनलाई आफ्नो पत्नी र छोरीको पाँच सय मिटरको दुरीमा रहन निर्देशन दिएको छ। 

नायिका रिक्कीका अनुसार उनी करिब दुई वर्षदेखि पतिको कुटपिट सहदै आएकी थिइन्। 

सन् १२ फरबरी १९८० को दिन सान्ता मोनिका, क्यालिफोर्नियामा जन्मेकी नायिका रिक्कीद्वारा अभिनित केहि चर्चित सिनेमाहरुमा द एडम्स फ्यामिली, नाउ एण्ड देन, द अपोजिट अफ सेक्स, बेल एमी, आफ्टर लाइफ, मदर्स डे आदी हुन्।

प्रकाशित मिति: : 2021-01-24 13:17:00

प्रतिकृया दिनुहोस्