शिखर नगरपालिकाले वडा नं ५ तिजालीका १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।
नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको वार्षिक कार्यक्रम अन्तरगत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।सम्मान स्वरुप प्रतिब्यक्ति एउटा कम्मल र रु ५०० का दरले यातायात खर्च उपलब्ध गराइएको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख सिताराम जोशीले जेष्ठ नागरिक नगरका अभिभावक र मार्गदर्शक भएको बताउँदै उनीहरुको उच्च सम्मानका साथै अधिकार र सेवा सुविधामा नगर सधै जिम्मेबार रहेको बताए ।
साथै जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम ल्याउन नगर उप–प्रमुख रावलले विशेष पहल गरेको बताउँदै नगर प्रमुख जोशीले जनप्रिय र जेष्ठ नागरिकको सम्मानजनक कार्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धन्यवाद ब्यक्त गरे।
उनले यो कार्यक्रमलाई आगामी दिनमा अन्य वडाहरुमा पनि विस्तार गर्ने योजना रहेको बताए।
कार्यक्रममा उप–प्रमुख धौली देवी रावलले भनिन् ,‘जेष्ठ नागरिक हाम्रा अभिभावक भएकाले हामी सन्तानहरुले सधैं सम्मान गर्नु पर्ने हुन्छ। जेष्ठ नागरिक, महिला, दलित, बालबालिका, अपांग पिछडिएका वर्ग र अशक्त व्यक्तिहरुलाई विशेष प्राथमिकता राखेर काम गर्ने गरेकी छु।’
कार्यक्रममा वडाअध्यक्ष पदमबहादुर बोहराले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरनतरता दिने प्रतिवद्धता व्यक्त गरे।
‘आगामी दिनमा अझै सहज र जेष्ठ नागरिकको पहुँचमा सेवा पु¥याउनुका साथै यतिखेर छुटपिट जेष्ठ नागरिकलाई आगामि दिनमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।
वडाध्यक्ष बोहराको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा नगर प्रमुख सिताराम जोशी प्रमुख अथिति र नगर उप–प्रमुख धौली देवी रावलको विशिष्ठ आतिथी रहेका थिए।
कार्यक्रममा केशबराज जोशी, रामचन्द्र ओझा, डिल्लीराज चौधरी महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरुङ लयायतका व्यक्तिहरु अतिथि रहेका थिए।