सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन: शहरी विकासमन्त्री साह

बिएल संवाददाता

काठमाडाै‌ं

शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको बताएका छन्।

आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको बताएका हुन्। 

उनले भने, ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु हो। मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ। राष्ट्रको अगाडि मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रीत हुन्छौँ।’

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए। 

‘यो वर्षको बजेट आइसकेको छ। निर्धारित कार्यक्रम पनि बनिसकेको छ। त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउने र कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने तयारी छ,’ उनले भने। 

कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-12-27 13:28:00

प्रतिकृया दिनुहोस्