नागरिक लगानीका एक चिकित्सक

पर्दाफास

काठमाडाैं

‘मेरो नाम रामजी राम हो । नेपालको रौतहट जिल्लाको दलित चमार समुदायको  विपन्न परिवारमा म जन्मे, हुर्के र त्यहि बाट कक्षा १२ सम्मको पढाइ पुरा गरे । बाँकी पढाइको लागि आर्थिक हैसियत नपुगेपछि म काठमान्डौमा प्रेसर कुकर बनाउन भिनाजुसंग आए ।
तर संयोगवस पढाइ निरन्तर गर्ने अवसर मलाई प्राप्त भो । यस दौरान टेकु स्थित बंशिघाट सुकुम्बासी टोलमा भिख मागेर जीवन चलाउने मेरो गाउँको जोगी बाबासंगको सहारामा मैले त्यहाँका बालबालिकाहरुलाई पढाए पनि । साथै मैले एमबीबीएसको तयारी पनि गरे । र २०७२ मा पूर्ण छात्रवृतिमा एमबीबीएसमा नाम निकाले । अहिले बिरगंज नेसनल मेडिकल कलेजमा म बिगत पाँच वर्षदेखि अध्ययन गरिरहेको छु ।  
अहिलेको समस्या ( विगत पाँच वर्षको होस्टल शुल्क नतिरे पनि मलाइ कलेजले अहिले सम्म पढने वातावरण दियो तर अब मैले सबै नतिरे, अंतिम वर्षको परीक्षा दिन नपाउने अवस्था छ । 
मैले होस्टल, मेस शुल्क र इन्टरनेट सहित करिव ६ लाख रकम तिर्न सकेको छैन जुन रकम कलेजले आज सम्म नसक्दा पनि परीक्षा मा सामेल गराउँदै आउनु भएको थियो ।  तर अहिले अन्तिम वर्ष भएकोले जसरी पनि तिर्नु पर्नेछ । जस मध्ये २ लाख म आफै साथी भाईहरुबाट जुटाउन सकेको छु र अब ४ लाखको आवश्यकता छ । 
यहाँ समक्ष मेरो निवेदन ( यहा र यहाँ जस्तै बढीमा १०० जनाबाट मैले आगामी पाँच वर्षको लागि ऋणको स्वरुपमा वा सामाजिक लगानीको रुपमा कम्तीमा रु. ५, ००० (पाँच हजार) रकम सहयोग गरिदिनु भयो भने भने तपाईंहरुको पैसा कपाली तमसुक गरी विश्वासिलो जमानी राखेर समय भित्रै तिर्ने छु ।

प्रकाशित मिति: : 2020-12-24 08:50:00

प्रतिकृया दिनुहोस्