युनाइटेडकाे आधा दर्जन गोल

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि फराकिलाे जित निकालेको छ।

ओल्डट्राफोर्डमा आइतबार राति भएकाे खेलमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो जित निकालेकाे हाे।

युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे। लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए।

स्कट म्याकटोमिनेले दोस्रो र तेस्रो मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए। उनले ब्रुनो फर्नान्डेस र एन्थोमी मार्सियालको पासमा गोल गरेका थिए।

२०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई खेलमा ३–० को सहज स्थितिमा अघि बढाए। ३७औं मिनेटमा भिक्टर लिन्डेलफले गोल गरेपछि युनाइटेड ४–० को स्थितिमा पुग्यो। 

४१औं मिनेटमा लियाम कोपरले गोल गर्दै गोलअन्तर ४–१ मा झारे।

६६औं मिनेटमा स्कट म्याटोमिनेको पासमा ड्यानियल जेम्सले गोल गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो।

 ७०औं मिनेटमा स्ट्रजिकले मार्सियाललाई पेनाल्टी बक्समा फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।

जसमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेललाई ६–१ ले अघि बढाए।  

७३औं मिनेटेमा राफिन्हाको पासमा स्टुआर्ट डालासले गोल गर्दै खेललाई ६–२ को अवस्थामा ल्याए। 

जितसँगै युनाइटेड १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। एक खेल बढी खेलको शीर्षस्थानको लिभरपुलको ३१ तथा लेस्टर सिटीको २७ अंक छ। पराजित लिड्स १७ अंक जोडेर १४औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-21 07:22:00

प्रतिकृया दिनुहोस्