मोरङका उखु किसान भन्छन् : खेतीमा फाइदा छ, तर उद्योगीले सधैं हेप्छन्

अनलाइनखबर

हरि अधिकारी

हरि अधिकारी

 २०५० साल अघिदेखि उखु खेती सुरु गरेका विराटनगरका सुबोधकुमार सिंहले खेती छाडेको दुई वर्ष भयो । १० बिघामा उखु खेती गर्दा आम्दानी राम्रै थियो । तर उखुको कटान पूर्जी र पैसा भुक्तानीमा सधै तनाव भोग्नुपर्‍यो ।

उखु उत्पादन गर्ने किसानलाई कटानका लागि चिनी उद्योगले पूर्जी दिन्छ । कटान पूर्जीमा भेदभाव गर्ने उद्योगले भुक्तानीका लागि झुलाएका कारण उखु मासेर मकै र गहुँ खेती गर्न थालेको उनी बताउँछन् ।

‘उखुको कटान र ढुवानी सबै नगदै गर्नुपर्छ, फेरि खेतला पाउन पनि मुश्किल पर्छ’ अनलाइनखबरसँग सिंहले भने ‘आफ्नै पैसा लिन पटक पटक मिल्समा धाउनुपर्ने । अनावश्यक दुःख दिएका कारण खेती गर्न छाडे ।’

सरकार निरिह भएका कारण खेती गर्न गाह्रो भएको उनको गुनासो छ । ‘सरकारले किसानको पक्ष लिएको भए यस्तो दुःख हुने थिएन’ उनले भने ‘सबैतिर उद्योगीकै प्रभाव छ, किसानको समस्या सम्बोधन हुँदैन ।’

धनपालथान गाउँपालिका– ७ का कृषक मनोहरि मण्डलले उखु खेती छाडेको एक वर्ष भयो । डेढ विघामा उखु खेती गर्ने उनले चिनी उद्योगले गर्ने व्यवहारका कारण धान, गहुँ र मकै खेती गर्न थालेका छन् । ‘उखु खेती गर्दा सधैं तनाव खेप्नुपर्‍यो’ उनले भने ‘मुनाफा त हुन्थ्यो । तर मिल्सले भुक्तानीका बेला सधैं झुलाउथ्यो ।’

प्रकाशित मिति: : 2020-12-18 19:59:00

प्रतिकृया दिनुहोस्