सरकारले धान किनिदिने , सिरहाका किसान उत्साहित

लहानका दूग्ध किसानले सरकारसँग आफ्नो दूध खरिद गरिदिन आग्रह गरिरहेको बेला धान किन्ने सरकारी निर्णयले सिरहाका किसानलाई उत्साहित तुल्याएको छ।

मन्त्री परिषद्को गत असार २ गते बसेको बैठकले किसानले उत्पादन गरेको धान किन्ने निर्णय गरेको थियो।

सिरहामा भने पुस १८ मा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलको संयोजकत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले जिल्ला किसानको धान खरिद गर्ने निर्णय गरेको थियो। 

बैठकले बजार अनुगमनपश्चात् धानको खरिद मूल्यसमेत निर्धारण गरेको माइन्यूटमा उल्लेख छ।

बैठकले सोना मन्सुली धानको खरिद मूल्य प्रति क्विन्टल २८८५ र कतरनी  धानको खरिद मूल्य प्रति क्वीन्टल ३१०० रूपैयाँ निर्धारण गरेको थियो।

खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय लहानले आफ्नो हाताभित्र काँटा खडागरि धान खरिद सुरू गरिएको छ।

‘सरकारले हाम्रो धान किनिदिएपछि हामी खुशी छौँ,’ लहान, पडरीयाका किसान पप्पु चौधरीले बिएल नेपाली सेवासँग खुशी ब्यक्त गर्दै भने।

प्रकाशित मिति: : 2020-12-17 19:36:00

प्रतिकृया दिनुहोस्