मानसिक सन्तुलन गुमाएकी वृद्धालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ

झापा प्रहरीले ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

बुधबार राति अर्जुनधारा गाउँपालिका ११ की महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा भद्रपुर नगरपालिका ४ रंगेडाँडाका ३५ वर्षीय विशाल बिर्जालाई बिहीबार बिहान पक्राउ गरिएको हो।

प्हरीका अनुसार ती महिलको नेपाली सेनाको ब्यारेकअगाडि पूर्व–पश्चिम राजमार्गमा रहेको कल्भर्टमा शव भेटिएको थियो। 

त्यसपछि बिर्जामाथि नै शंका लागेर नियन्त्रणमा लिई चारआली प्रहरी चौकीमा लागेर सोधपुछ गर्दा उनले आफूले नै बलात्कारपछि मुख थुनेर वृद्धाको हत्या गरेको भन्दै स्वीकारेको जनाइएको छ। 

 आफन्तका अनुसार ती महिला आइतबारदेखि बेपत्ता थिइन् । महिलाको मानसिक स्वास्थ्यमा समस्या रहेको उनका पतिले जानकारी दिए ।
ती महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिएको छ । 

पक्राउ गरेका बिर्जा सडकमा मागेर गुजारा चलाउँदै आएका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । 

घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: : 2020-12-10 11:47:00

प्रतिकृया दिनुहोस्