कोरोना महामारीको मारमा परेका पर्यटन मजदुरलाई विदेशीले दिए पाठापाठी

स्वीजरल्यान्डको ट्राभल कम्पनी ‘व्याकफाउ’ले रसुवा जिल्लाका नौकुण्ड गाउँपालिका ६ का ७ पर्यटन मजदुर परिवारलाई बाख्राका पाठापाठी वितरण गरेको छ। 

कोरोना महामारीले गर्दा हजारौ नेपालका पर्यटन मजदुरहरु वेरोजगार भएका छन्। यसको कारण ट्रिप हिमालयका कुक, हेल्पर, लगायतका मजदुर कामविहिन र वेरोजगार हुन पुगेका थिए। 

लामो समय कोरोना महामारीका कारण चपेटामा परेका नेपालमा रहेका पर्यटन मजदुरको बारेमा स्वीजरल्यान्डका ट्राभल कम्पनी व्याकफाउका सञ्चालक क्लाउडिया स्मिथ निकै चिन्तित भएका थिइन्। 

यही शिलसिलामा उनले नेपालका आफ्नो साझेदारी कम्पनी ट्रिप हिमालय ट्रेकसँग चासो राखिन्। 

सोही अनुसार गत असोजमा रसुवाका पर्यटन मजदुर रहेका २६ परिवारलाई करिव ४ महिना पुग्ने ८ वोरा चामालको दरले, दाल, नुन, तेल सहितका खाद्यन सहयोग बाडेका थिए।

त्यसैगरी उक्त कम्पननीले डोल्पा जिल्लाका विभिन्न ठाउका पर्यटन मजदुरको रुपमा कामदारका १२ परिवारलाई खाद्यन्य राहतको स्वरुप मंसिर वितरण गरेको थियो।

सञ्चालक स्मिथले विश्वभर कोरोना महामारीले गाँजेको बेला नेपालका पर्यटन मजदुरहरु पनि कामविहीन परेर दुःख पाएकोले केही सहयोग गर्न सकिन्छ कि भनेर जिज्ञासा राखेका थिइन्। 
व्याकफाउ ट्राभल कम्पनी, स्वीजरल्यान्ड प्रमुख, क्लाउडीया स्मिथ

नेपालका साझेदारी कम्पनी ट्रिप हिमालायका गाइड तथा संयोजक सञ्जिव गुरुङले अनुसार विश्वभर कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि सम्पुर्ण व्यापार व्यवसाय रोकियो, नेपालका पर्यटन व्यवासय पनि ठप्प भयो। 

त्यही कारणले पर्यटन सित जोडिएको हजारौ मजदुरहरु विचल्लीमा परे।

रसुवा र डोल्पाका मजदुरलाइ खाद्यन्न वितरण गरेर उभ्रेको रकमले उनिहरुको जिविकापार्जनको लागि बाख्राको पाठा वितरण गरेको गाइड तथा संयोजक सञ्जिव गुरुङले बताए। 

बाख्राको पाठिले छिट्टै नया उत्पादन र वृद्दि गर्ने तिनिहरुको दिगो जिविकापार्जनमा सहयोग र आम्दानी हुने विश्वास हुने वताए। 

स्वीजरल्यान्डको बर्ग फ्राउ कम्पनिको आर्थिक सहयोगमा काेभिड१९ को महामारिमा परेको ट्रिप हिमालय ट्रेक्स एन्ड एक्स्पिडिसनको ३९ परिवार पर्यटन मजदुरलाइ ४ महिना पुग्ने खाद्यन्य, पाँच परिवारलाइ ६ महिनाको कोठा भाडासहित दुइ परिवारलाइ ४ महिनाको कोठा भाडा तिर्दिएको थियो।

त्यसैगरी एक जना क्यान्सर पिडित र एक जना गर्भवती महिलालाई आर्थिक सहयोग गरेको गाईड सञ्जिवले जानकारी गराए।

प्रकाशित मिति: : 2020-11-27 16:03:00

प्रतिकृया दिनुहोस्