काठमाडाैंकाे गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन्।
प्रहरीका अनुसार बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरिएकाे हाे।
घटनाकाे थाहा पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ।
पीडितले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिने तयारी गरे बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकरी दिए।
पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ। यद्यपि, रिपोर्ट आइसकेको छैन।
घटनाकाे थप अनुसन्धान भइरहेकाे छ।