दैलेखमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
मंगलबार सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा सवारी चालक ललित नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किँदा उनकाे मृत्यु भएको दैलेखका डिएसपी अनुपम श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनकाअनुसार बसमा सवार १४ जना यात्रु घाइते छन्।
उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेकाे डिएसपी श्रेष्ठको भनाई छ।
बसकाे ब्रेकफेल भएर सडक किनारामा राेकिएकाे टिप्परमा ठाेकिएकाे प्रारम्भीक अनुसन्धानबाट खुलेकाे छ।