सीमा क्षेत्रमा सशस्त्र प्रहरीले मैत्रीपूर्ण कार्यक्रम गर्ने

सिरहा जिल्लामा पर्ने नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले दुबै देशका नागरिक लक्षित विभिन्न मैत्रीपूर्ण कार्यक्रम गर्ने भएको छ।

स्थानिय तहसँग समन्वय गरेर नियमित रूपमा मैत्रीपूर्ण कार्यक्रम गर्न लागिएको हो।

सशस्त्र प्रहरी र स्थानिय नागरिकबिच सम्बन्ध सुमधुर बनाएपछि सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सजिलो हुने देखिएकाले सीमा क्षेत्रमा यस्तो कार्यक्रम गर्न लागिएको एसपी दीपेन्द्र गिरीले जानकारी दिए। 

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने दशगजामा नेपाल–भारतका युवाहरूको सहभागितामा विभिन्न खेलकुद टुनामेन्टहरूको आयोजना गर्नेछ।

त्यस्तै बिधालयहरूमा वादविवाद , कविता प्रतियोगिता लगायतका कार्यक्रमहरूको आयोजना गरिने पनि एसपी गिरीले बताए।


सीमा क्षेत्रका नागरिकहरूलाई सीमा सम्बन्धि जानकारी गराउँदै सीमामा हुने अपराध नियन्त्रणमा नागरिकको भुमिकाको महत्वबारे जानकारी दिन प्रहरी – नागरिक अन्तर्क्रिया तथा सार्बजानिक सुनुवाई कार्यक्रम नियमित रूपमा गर्ने तयारी सशस्त्र प्रहरीको छ।

अभाव छ, स्रोतसाधन छैन

सीमा क्षेत्रमा चौबिसै घण्टा तैनाथ रहने सशस्त्र प्रहरीले कोरोना कालिन लकडाउनका बेला थप समस्या झेल्नुपर्यो।

‘आवस्यक जनशक्ति नहुँदा ड्यूटीमा सकस त हुने भैगौं,’ एसपी गिरीले भन्नुभयो, ‘बिओपीमा कम्तिमा पनि ५० जना हुनुपर्छ तर हामीकहाँ २५ जना प्रहरी मात्रै छन्।’

सिरहामा ७ ओटा बिओपी छन्।

कतिपय बिओपीमा सुत्न र बस्ने ठाउँको समेत अभाब रहेको छ भने महिला प्रहरीको ब्यवस्थापन गर्न पनि समस्या परेको छ।

‘अभाबैअभाब झेलिरहेको शसस्त्र प्रहरीले गर्ने भनेको मैत्रीपूर्ण कार्यक्रम कार्यन्वयन गर्न कसरी संभब होला त?,’ एसपी गिरीको भने, ‘जिल्लाका सीमा क्षेत्रसँग जोडिएका सबै स्थानिय तहसँग सहकार्य गरेर गर्छौँ।’

सिरहामा १७ ओटा स्थानिय तह छन्।

सीमामा बढ्यो शसस्त्रको सक्रियता

लागुपदार्थ र अबैध कारोबार बढेको भन्दै शसस्त्र प्रहरीले सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ। 

प्रहरीको सक्रियता बढेसँगै भारी मात्रामा लागुपदार्थ र कारोबारी पक्राउ पर्न थालेका छन्।

पछिल्लो पटक सिरहामा ८ सय बढि लागुपदार्थ कारोबारी उपर मुद्दा चलिरहेको जिल्ला प्रशासन कार्यलय सिरहाले जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले लागुपदार्थ नियन्त्रण गर्न विभिन्न अपरेसन सहित सुरक्षाकर्मी परिचालन गरिएको बताए।

प्रकाशित मिति: : 2020-10-19 17:30:00

प्रतिकृया दिनुहोस्