महिला हिंसा अचाक्ली बढेकाे भन्दै यसकाे राेकथामकाे माग गर्दै सिरहामा नागरिकले प्रदर्शन गरेका छन्।
महिला हिंसाविरूद्व विभिन्न स्लाेगन लेखिएकाे प्लेकार्ड बाेकेर उनिहरूले सिरहा जिल्ला अदालत अगाडि धर्ना दिएका थिए।
शनिबार बिहान११ बजे विद्यार्थी, शिक्षक, सर्वसाधारण भेला भएर प्रदर्शन गरिएकाे थियाे।
पछिल्लाे समय सिरहामा महिला हिंसाका घटनामा बढाेत्तरी आएकाे छ।
महिला हिंसा नियन्त्रण गर्न सम्बन्धित निकाय संवेदनशिल हुनु पर्ने बताउँदै प्रदर्शनमा सहभागी एक विद्यार्थीले बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताए।