टेकनारायण रिमालका (२५) टेकु

मेरो प्रवर्तन ’टेकु' नयाँ विधा-

माटोमा
मुटु 
मौलाऊन्॥१॥

मुटुमा
मायाँ
गाँजियोस्॥२॥

पवन
पानी
जवानी॥३॥

जिन्दगी
रूखो
खरानी॥४॥

उडाएँ
पीडा
धुवाँमा॥५॥

बगाएँ
शोक
नशामा॥६॥

खुम्चेको
नक्शा
फैलाऊँ॥७॥

सिमाना
चोर
पैलाऊँ॥८॥

खेतमा
बम
रोपिँदै॥९॥

खोपडी
भरि
बारूद॥१०॥

रोबट
बन्यो
मानिस॥११॥

कागको
आँखा
पिनामा॥१२॥

कालले
कोही
छोडेन॥१३॥

कालको
लाठी
शिरमा॥१४॥

कालमै
काल
बनाऊँ॥१५॥

धन भै
देश
निर्धन॥१६॥

छानाको
प्वाल
टाल्नु छ॥१७॥

खानिको
धातु
गाल्नु छ॥१८॥

खनिज
खन्न
ढिलोभो॥१९॥

रूपमा
राष्ट्र
ढाल्नु छ॥२०॥

मूर्तिमा
सास
हाल्नु छ॥२१॥

छपक्कै
धान
सामाले॥२२॥

सेवामा
जुटौँ
आमाको॥२३॥

मास्नु छ
गोल
गद्दार॥२४॥

हाँस्नु छ
साथ
आमाका॥२५॥

प्रकाशित मिति: : 2020-08-22 16:30:00

प्रतिकृया दिनुहोस्