टेकनारायण रिमालका केही रचनाहरू

१-कलम
(मुक्तक)
हरकलमले साँचो झुटो लेख्न सक्नुपर्छ 
हरविधाले    ठीक   बेठीक   देख्न  सक्नुपर्छ 
खालि विषाक्त मसी वाक्ने कलमलाई चाहिँ
हरहातले  टुक्रा टुक्रा पारी फेंक्न सक्नुपर्छ। 


२-कतै दीया बले कतै मुटु जले
~~~~~~~~~~~~~~

हिजोको कुरा अर्कै थियो त्यो कुरा आज छैन
मनमा    चाहना    भए पनि    चाहेर  हुँदैन
फेवा र माछापुच्छ्रेको जोडी नैसर्गिकै रै'छ
प्रीतिमा    धौलागिरीले    आँसू   पारेर  रुँदैन।


३-संत्रास
~~~~

भयो मगज   मान्छेको   कालो   रातो भयो जगत
जताततै   ढले   लाश     खोलोतुल्य   बह्यो रगत
कता    धर्म  कता     कर्म  कता     देव  कता गुरु
प्रायःमानिसको सोच ढुङ्गा माटो  भयो फगत।

४-तीन सिजो
~~~~~

(सिजो)
श्रद्धालु सज्जनका नज़रमा  छारो हाल्ने 
ती साधु बिरालाहरूमा दुराचार पाएँ।

नचाहिँदो ठाँट-बाँट विलासका चाहना
लोकमा प्राय: जताततै कामाचार पाएँ।

मञ्चमा चढ़ी  प्रशंसाका करताल बीच 
अभिमानको बोझा बोक्ने कलाकार पाएँ।  

प्रकाशित मिति: : 2020-07-25 14:37:00

प्रतिकृया दिनुहोस्