बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका ७१ महिला स्वस्थ्य स्वयंमसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नम्वर १ देखि १५ सम्मका स्वंयमसेविकालाई साइकल वितरण गरेको हो ।
कोहलपुर नगरपालिका अन्तर्गत रहेको सामाजिक विकास शाखाका प्रमुख हरि वलीले स्वयंसेविकाहरलाई गाउँघरमा सेवा दिन सहज होस भन्ने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए ।
साइकल पाएपछि यहाँका स्वयंमसेविकाहरुले खुसी व्यक्त गरेका छन्। कोहलपुर नगरपालिका ९ की पार्वती थारुले नगरपालिकाले लामो समय देखिको माग पुरा भएको बताइन् । उनले आगामी दिनमा दैनिक सेवा दिन आफूहरुलाई सहज हुने बताइन् ।
यस्तै बिष्णु थापामगरले पनि आफूहरुलाई अब सहज हुने बताइन् । प्रत्येक घरमा पुगेर स्वास्थ्य सम्बन्धि सेवा दिन सहजताका लागि वितरण गरिएको बोल्दै नगर प्रमुख लुट बहादुर रावतले बताए । ‘गाउँ गाउँमा पुगेर घरमै सेवा दिइरहेका छन् । उनीहरुमा देखिएको अप्ठ्यारो अवस्थालाई नगरपालिकाले बुझेको हो । उनीहरुको हौसलाको लागि पनि साइकल वितरण गरेको हो,’ उनले भने ।
उनीहरुले स्वास्थ्य सम्बन्धि नेपाल सरकारका पोलियो थोपा खुवाउने , हात्तीपाईको औषधि खुवाउने, नियमित खोप लगाउने, जेष्ठ नागरिक स्वास्थ्य शिविरहरु जस्ता अभियानहरुमा यिनै महिला स्वास्थ्य स्वयंमसेविकाहरु गाउँमा प्रत्येक घरघरमा पुगेर सेवा गर्ने गर्दछन् ।