सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन पार्टीकाे निर्देशन

समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

पार्टी पदाधिकारीकाे सोमबार बसेको बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको नेता नवराज सुवेदीले जानकारी दिए।

पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन्।

सो संशोधनको सूचना फिर्ता लिन पार्टीको संसदीय दलले निर्देशन दिएपनि विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक बहिस्कार गरेर निस्किएकी थिइन्।

प्रकाशित मिति: : 2020-06-22 19:56:13

प्रतिकृया दिनुहोस्