गल्ती सच्याउने राम्रो अवसर यही हाे, शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गरौं: बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले निजी विद्यालय र स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। 

निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अभिभावकहरुसँग लकडाउन अवधिको शुल्क मागेपछि उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। 

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले निजी शिक्षण संस्थाहरुले लकडाउनको कारण बन्द रहेको अवस्थामा अर्थात पढाउँदै नपढाएको बेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। 

उनले भनेका छन्, ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद! शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठूलो गल्ती गरेको थियो। यसले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ। शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गरौं !’ 

आइतबार मात्रै नेसनल प्याब्सन एन प्याब्सन र प्याब्सनले विद्यार्थी बुझाउनुपर्ने शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन्।

एन प्याब्सन र प्याब्सनले विद्यालय चरम आर्थिक संकटमा पुगेको, विधालयको आयस्रोत विधार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई त्यस्तो अपिल गरेको छ।

प्रकाशित मिति: : 2020-06-22 19:23:07

प्रतिकृया दिनुहोस्