जम्मु–कश्मिरमा पाकिस्तानको गोलीबारी, भारतीय सैनिक दिपक कार्कीको मृत्यु

बिएल संवाददाता

जम्मु, हिन्दी ब्यूराे

पाकिस्तानी सेनाले राजौरीको नौशेरा क्षेत्रको कठुआमा गरेको गोलाबारीमा गोर्खा राइफल्समा कार्यरत एक नेपालीको मृत्यु भएको छ। 

कन्ट्रोल लाइन (एलओसी) छेउमा गोली प्रहार हुँदा गुम्मी छत्रकाेट ५ खज्याङ्ग निवासी दिपक कार्कीको मृत्यु भएको हो। 

भारतीय सरकारका अनुसार अन्तर्राष्ट्रिय सीमा (आईबी) नजिक पाकिस्तानी सेनाले अन्धाधुन्ध गोली चलाउँदा डिउटिमा खटिएका कार्कीको मृत्यु भएको हो।  

भारतीय एक अधिकारीले भने,‘ पाकिस्तानले बिहान साढे ३ बजे नौशेरामा गोली चलाएका थिए भने कृष्ण घाटीमा मोर्टार गोली प्रहार गरेका थिए। यसपछि उनीहरुले पुनः गोलीबारी शुरू गरेका थिए। यसमा नौशेराका एक जवान गम्भीर घाइते भए र उनको उपचारको क्रममा मृत्यु भयो।’ 

कठुआ जिल्लाको हीरानगर सेक्टरको करोलमात्राई क्षेत्रमा पाकिस्तानी सेनाले बिहान १ बजेतिर गोलीबारी गरेका थिए जुन बिहान साढे ३ बजेसम्म चलेको थियो।

यस महिना मात्रै पुछं र राजौरीको क्षेत्रमा गोलीबारीमा परि मारिने सैनिकको संख्या ४ पुगेको छ। ४ र १० जूनमा राजौरीमा दुई सैनिक मारिएका थिए। यसपछि १४ जूनमा पुंछ जिल्लामा एक सिपाही शहीद भए। १० जूनसम्म जम्मू–कश्मिरमा पाकिस्तानी सेनाले २ हजार २७ चोटि गोली चलाएका छन्।

प्रकाशित मिति: : 2020-06-22 14:49:33

प्रतिकृया दिनुहोस्