गैरआवासीय नेपाली संघद्वारा सुदूरपश्चिमका लागि कोरोना परीक्षण  किट सहयोग

गैरआवासीय नेपाली संघले  सुदुर पश्चिम प्रदेशका लागि कोरोना परीक्षण  किट नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो ।

उक्त सामग्रीहरु गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री भट्टले गैरआवासीय नेपाली संघबाट प्राप्त सामाग्रीहरुमा  सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने जानकारी दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरेपछि संघले सो सहयोग गरेको हो ।  उनले कोरोना परिक्षणको लागि सुदुर पश्चिम प्रदेशले किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग रहने भएको छ ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सकृयतामा गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय  Covid-19 Detection PCR Test Kit र सोही संख्यामा RNA Extraction Kit हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति: : 2020-06-22 08:11:33

प्रतिकृया दिनुहोस्