अफगानिस्तानमा स्वास्थ्यकर्मीलाई सरकारी सेना र तालिवानीले असहयोग गरेको राष्ट्रसंघको ठहर

संयुक्त राष्ट्रसंघले कोरोना महामारी नियन्त्रणका लागि खटिएका अफगानिस्तनका स्वास्थ्यकर्मीविरुद्ध निरन्तर आक्रमण भएको भन्दै निन्दा गरेको छ।

अफगानिस्तानमा जारी हिंसामा सरकारी सेना र विद्रोही तालिवानीहरुले महामारी नियन्त्रणमा असहयोग गरेको राष्ट्रसंघको ठहर छ।

विद्रोहीको आक्रमणका कारण अस्पतालमा उपचार गराइरहेका २४ जना सुत्केरी महिला र नर्सको मृत्यु भएको थियो।

राजधानी काबुलमा रहेको दास्त–ए–बार्ची अस्पतालमा आक्रमण हुँदा नवजात शिशु, सुत्केरी महिला र नर्सहरुको मृत्यु भएको हो। घटनामा कम्तीमा १५ जना घाइते भएका थिए। 

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। 

अफगानिस्तानमा हालसम्म २९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् भने ५८१ जनाको मृत्यु भइसकेको छ।

गत मार्चमा २ लाख भन्दा बढी अफगानीहरु छिमेकी देशहरुबाट फर्किइपछि महामारीको संख्या बढेको बताइएको छ।

यता सेभ द चिल्ड्रेनले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोनाको महामारीसँगै खाद्यान्नको मूल्य वृद्धि हुँदा लाखौं बालबालिका भोकमरीको शिकार हुनसक्ने चेतावनी दिइएको छ।
 

प्रकाशित मिति: : 2020-06-22 07:43:40

प्रतिकृया दिनुहोस्