नेपाल–भारत सीमामा काँडेतार र ट्रान्जिटमा भिषा लगाउन माग राख्दै सर्वेच्चमा रिट

नेपाल–भारत सीमामा कानून बनाएर काँडेतार लगाउन र दुवै देशका नागरिकको ट्रान्जिटमा भिषाको व्यवस्था हुनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता शालिकराम सापकोटा, गीता शाह र सुवास विश्वकर्मा तथा कलाकार नवल खड्काले संयुक्त रुपमा आइतबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघिय संसद प्रतिनिधिसभा सचिवालय, संघिय संसद राष्ट्रियसभा सचिवालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय,राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय, परराष्ट्र रक्षा र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

निवेदनमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानून बनाउन संघीय संसदसँग माग गरिएको छ। यस्तै सीमा सुरक्षाको म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालको ऐनमा संशोधन गर्दै सम्पूर्ण अधिकार सहितको एउटा छुट्टै सीमा सुरक्षा इकाई गठन र नेपाल–भारत प्रवेशमा एकअर्काले अन्य देश सरह अध्यागमन कानून लागू गर्न माग गरिएको छ।

प्रकाशित मिति: : 2020-06-21 20:41:19

प्रतिकृया दिनुहोस्