सिरिया र टर्कीको सीमामा एउटा शरणार्थी क्याम्प छ, जसको नाम हो एतेमे क्याम्प। जहाँ युद्धबाट जरजर भएको देशका कैयौ घर परिवारले शरण लिएका छन्। यी देशमा २०११ बाट सुरु भएको युद्धले धेरैको जनजीवन तहसनहस पारेको छ।
यही क्याम्पमा थुप्रै बच्चाको पनि जन्म भएको थियो। उनीहरू अहिले शरणार्थीको परिचय बोकेर बाच्न विवश छन्। उनीहरूले आफ्नो आमाबुवाबाट घरको कथा मात्र सुनेका छन्।
चार महिनाका अब्दुल रहमान।
वास्तवमा उनीहरूलाई घर भनेको के हो? यो कस्तो हुन्छ? र घरको महत्व के हो? केही थाहा छैन। उनीहरूलाई घरमा ढोका हुन्छ र झ्यालबाट बाहिरको दृश्य चियाउन पाइन्छ भन्ने पनि थाहा छैन।
उनीहरू हरेक दिन यही कल्पनामा हुन्छन्, छिट्टै शान्ति बहाली हुन्छ र उनीहरू आफ्नो परिवारले भनेको घरमा फर्किन पाउने छन्। यही क्याम्पमा ४ महिनाका एक बालक छन्, जसको नाम हो, अब्दुल रहमान। उनको आमाबुवा इदलिब प्रान्तको एउटा गाउँका स्थायीवासिन्दा हुन्। उनीहरू बर्षोदेखि यो क्याम्पमा जीवन बिताइरहेका छन्।
नाै वर्षकी रानीम बहकत।
यही क्याम्पमा रहेका ९ वर्षका रानीम बरकत त्यही वर्ष घरबिहिन भएका थिए, जुन वर्ष उनको जन्म भएको थियो। रानीमलाई घरको विषयमा मात्र क्याम्प याद छ। उनी शरणार्थी क्याम्पलाई नै आफ्नो घर मान्छन्।मरियम अल–महम्मद। ५ वर्ष।
यही क्याम्पमा मोहम्मद अल–बासाको पनि जन्म भएको थियो। मायसा पाँच वर्षकी हुन्। उनको आमाबुवा पनि सिरियाको इदलिब प्रान्तबाटै आएका हुन्। उनी क्याम्पमा आफ्नो खेलौना सुरक्षित नहुने बताउँछिन्।
मायसा महमुद । ५ वर्ष।
पाँच वर्षकी मरियम अल–मोहम्मदका परिवार भन्छन्, ‘सिरियाको होम्स शहरमा उनीहरूको राम्रो घर थियो। तर, युद्धका कारण वातावरण बिग्रिन थालेपछि बाध्यतावस क्याम्पमा बस्नु पर्यो।’
मोहम्मद अल–बासा
यही क्याम्पमा रहेका जुमाना र फरहान अल–अल्वायी जुम्लिया भाई–बहिनी हुन्। उनीहरूको आमाबुवा पनि पूर्वी इदलिबबाट आएका हुन्। सिरियामा सबैभन्दा प्रभावित शहर इदलिब र अलेप्पो हो।
जुम्लिया जुमाना र फरहान।
दुई वर्षका वालिद अल–खलिदको परिवार अलेप्पोबाट आएका हुन्। वालिदको जन्म दुई वर्षअघि क्याम्पमै भएको थियो। ७ वर्षका मोहम्मद अबदुल्लाहको परिवार इदलिबस्थित गाउँको जबल अल–जवैयाका स्थायी वासिन्दा हुन्।
वालिद अल–खालिद। २ वर्ष।
अबदुल्लाह शरणार्थी क्याम्पमा धेरैपछि आएका थिए। उनी भन्छन्, ‘घरको धेरै सम्झना त छैन। अलिकति छ। हाम्रो घर पुरानो थियो।’
माेहम्मद अबदुल्लाह। ७ वर्ष।