पाकिस्तानको गिल्गिट वाल्टिस्टानका कृषी मन्त्रीको कोभिड १९को कारण मृत्यु

पाकिस्तानको गिल्गिट वाल्टिस्टानका कृषी मन्त्रीको कोभिड १९को कारण मृत्यु भएको छ। शुक्रवार निधन भएका ११८ कोभिड १९का विरामीमा कृषि मन्त्री जावाज खान पनि परेका हुन्। 

६४ बर्षिय खाना ४ दिनदेखि भेन्टीलेटरमा थिए। दक्षिण एसियामा भारतपछि पाकिस्तानमा सबैभन्दा बढी कोरोना संक्रमित पाइएको छ भने मृत्यु हुनेको संख्या पनि भारत पछि रहेको छ। 

पाकिस्तानमा कोरोना संक्रमितको संख्या करिव २ लाख पुग्न लागेको छ। यस्तै मृत्युको संख्या ३४ सय नजिक पुगेको छ। 

प्रकाशित मिति: : 2020-06-21 11:16:16

प्रतिकृया दिनुहोस्