हिमालपारीको जिल्ला मुस्ताङ्गमा पनि कोरोना पुष्टि

बिएल संवाददाता

(ठिनी) मुस्ताङ्ग

गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक कोरोना भाइरस भेटिएको छ। काठमा बौद्धबाट मुस्ताङ्ग फर्किएका शिविरमा बसोबास गर्ने स्थानीय ८३ वर्षिय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालामा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ कार्यालयको कार्यालय प्रमुख टिकाराम भण्डारीले बताए।

सुरूमा उनको र्‍यापिड टेष्ट गरिएको थियो। रर्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको थियो। शनिबार उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको भण्डारीले बताए।

र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएलगत्तै उनलाई मुस्ताङ जिल्ला अस्पताल, जोमसोमको आइसोलेसनमा राखिएको थियो। संक्रमित पुरुष उच्च रक्तचापको बिरामी हुन्। स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार उनको अवस्था सामान्य छ र उनी अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको  छन्। 

घरपझोङ्ग गाउँपालिकाको छैरोस्थित तिब्बती शरणार्थी शिविरमा आएका उक्त वृद्धा पुरूषमा संक्रमण देखिएसँगै गण्डकीका सबै जिल्लामा संक्रमण देखिएको छ।  मुलुकका ७७ मध्ये ७५ जिल्लामा संक्रमण पुष्टि भएको हो। 

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले शनिबार पोनेटिभ नतिजा आए लगतै साझनै क्याम्प शिल गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए।

संक्रमित व्यक्तिसँगै बसमा आएका १८ जना क्याम्पभित्रै रहेकाले सिल गर्नु परेको उनले बताए ।

उनका अनुसार संक्रमित व्यक्तिसँगै आएका १८ जनाकोको कन्ट्रयाक ट्रेसिङ तथा स्वाब संकलन गरी आइतबार पोखरा पठाइने प्रजिअ अर्यालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-21 08:19:33

प्रतिकृया दिनुहोस्