उपत्यकाका थप आठ महिलामा कोरोना संक्रमण

उपत्यकामा शनिबार थप सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। 

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। 

योसँगै देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ जना पुगेको छ।

पछिल्लो २४ घण्टमा १७६ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-06-20 16:44:36

प्रतिकृया दिनुहोस्